हरिकेन्सविरुद्ध नेपालको संघर्षपूर्ण जित

काठमाडौं । आइसीसी टी-२० विश्व कपको तयारीका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टन हरिकेन्सविरुद्धको पहिलो अभ्यास खेलमा संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई ६ रनले पराजित गरेको हो ।
नेपालले दिएको १४७ रनको लक्ष्य पछाएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो ।
यस खेलमा सुपर ओभरको अभ्यास समेत गरिएको थियो ।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको हरिकेन्सले अविनाश बोहराविरुद्ध १५ रन बनाएको थियो भने नेपालले ४ बलमा जित हासिल गरेको थियो । नेपालका लागि कुशल मल्लले २ छक्का र एक चौका प्रहार गरेर सुपर ओभरमा जित दिलाएका थिए ।
अब हेरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेल आज राति हुनेछ ।
यो अभ्यास खेल पछि नेपालले विश्वकप अघि क्यानडा र अमेरिकाविरुद्ध वार्म अप खेल खेल्ने तालिका रहेको छ । नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।












स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया