संसदीय छानबिन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक जारी

काठमाडौं । सहकारीको वचत रकम अपचलनमा नेपाली कांग्रेसको माग अनुसार बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने कार्यदलको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसेको हो ।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारवाही अगाडी बढाउन नदिने बताउँदै आएको छ । आज यसअघि सत्ता पक्षले रवि लामिछानेको नाम उल्लेख नगरी उनको नाम जोडिएका सहकारीहरुको नाम उल्लेख गरेर संसदीय छनबिन गर्ने विषयमा सहमतिको प्रयास हुने बताइएको छ ।
















मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया