माधव पक्षीय सांसदद्वारा शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता

काठमाडौं । केन्द्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच अन्तरद्वन्द्व चर्किरहेका बेला प्रदेश नं १ का नेपाल पक्षीय प्रदेशसभा सदस्यले भने मुख्यमन्त्री शेयरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएका छन् ।
गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरी एमाले र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा पुनःस्थापना गराएपछि नयाँ राजनीतिक परिस्थिति निर्माण भएको भन्दै उनीहरुले अविश्वासको प्रस्तावमाथिको समर्थन फिर्ता लिएका हुन् ।
अविश्वासको प्रस्तावमाथिको समर्थन फिर्ता लिनेमा नेपाल पक्षीय प्रदेशसभा सदस्य भीमप्रसाद आचार्य, राजेन्द्रकुमार राई, जीवन घिमिरे, गणेशकुमार काङवाङ, तुलसीप्रसाद न्यौपाने, लछुमन तिवारी, उपेन्द्रप्रसाद घिमिरे, लीलाबल्लभ अधिकारी, खिनु लङ्वा लिम्बू, पदमकुमारी गुरुङ, सरिता थापा, सुनिताकुमारी चौधरी, होमकुमारी साँवा, यशोदा अधिकारी, सावित्राकुमारी रेग्मी र सावित्रा जोशी छन् ।
उनीहरुले लिएको समर्थन फिर्ताको निवेदन प्रदेशसभा सचिवालयमा आज दर्ता भएको छ । तत्कालीन नेकपाका तर्फबाट बहुमत प्रदेशसभा सदस्यले गत पुस १२ गते मुख्यमन्त्री शेयधन राईमाथि प्रदेशसभाको विश्वास छैन भनी प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।














यी हुन कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्तामा नमिलेका विषय
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया