राष्ट्रियसभामा आर्थिक सर्वेक्षण प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष २०८०÷८१ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।
अर्थमन्त्री पुनले सर्वेक्षण प्रस्तुत गर्दै मुलुकको आर्थिक तथा सामाजिक परिसूचकमा सुधार हुँदै गएको बताए ।
सर्वेक्षणमा गत आर्थिक वर्षको पूरा अवधि र चालुको आवको आठ महिनासम्मको सङ्घ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत विकास तथा सुशासनको विश्लेषण गरिएको छ ।
अर्थमन्त्री पुनले भने, “उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको सङ्कुचनका बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान छ ।”
सर्वेक्षणमा प्रदेशगत रुपमा गण्डकी, बागमती, लुम्बिनी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औषत भन्दामाथि रहने अनुमान गरिएको उहाँले जानकारी दिए ।
साथै चालु आवलगायत कूल लगानी २.८ प्रतिशतले बढेर रु १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान गरिएको छ । प्रतिव्यक्ति आय एक हजार चार सय ५६ अमेरिकी डलर पुग्ने अनुमान सर्वेक्षणले गरेको छ ।
राष्ट्रियसभाको अर्को बैठक जेठ १५ गते मङ्गलबार ४ बजेर १५ मिनेटमा बस्नेछ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया