राष्ट्रियसभामा आर्थिक सर्वेक्षण प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष २०८०÷८१ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।
अर्थमन्त्री पुनले सर्वेक्षण प्रस्तुत गर्दै मुलुकको आर्थिक तथा सामाजिक परिसूचकमा सुधार हुँदै गएको बताए ।
सर्वेक्षणमा गत आर्थिक वर्षको पूरा अवधि र चालुको आवको आठ महिनासम्मको सङ्घ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत विकास तथा सुशासनको विश्लेषण गरिएको छ ।
अर्थमन्त्री पुनले भने, “उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको सङ्कुचनका बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान छ ।”
सर्वेक्षणमा प्रदेशगत रुपमा गण्डकी, बागमती, लुम्बिनी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औषत भन्दामाथि रहने अनुमान गरिएको उहाँले जानकारी दिए ।
साथै चालु आवलगायत कूल लगानी २.८ प्रतिशतले बढेर रु १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान गरिएको छ । प्रतिव्यक्ति आय एक हजार चार सय ५६ अमेरिकी डलर पुग्ने अनुमान सर्वेक्षणले गरेको छ ।
राष्ट्रियसभाको अर्को बैठक जेठ १५ गते मङ्गलबार ४ बजेर १५ मिनेटमा बस्नेछ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया