कोलकोताले जित्यो आइपिएलको उपाधि

काठमाडौँ । कोलकोता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आइपिएलको उपाधि जितेको हो ।
सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकोताले १०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकोताका लागि बेंकटेश अय्यरले सर्बाधिक ५२ रन बनाए भने रह्मनुल्लाह गुरबाजले ३९ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले १८.३ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो ।
सनराइजर्सका लागि कप्तान पाट कमिन्सले सर्बाधिक २४ रन बनाएका थिए भने एडन मार्क्रमले २० रन बनाएका थिए । त्यस्तै कोलकोताका बलर आन्द्रे रसेलले सर्बाधिक ३ विकेट लिए भने हर्षित राना र मिचेल स्टार्कले २-२ विकेट लिएका थिए ।
यो जितसँगै कोलकोताले २०१२ र २०१४ पछि तेस्रो पटक आइपिएलको उपाधि जितेको छ । कोलकोता २०२१ मा फाइनलमा पुगेर पराजित भएको थियो ।














ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया