विश्वकपको अभ्यास खेलअन्तर्गत आज क्यानडासँग खेल्दै नेपाल

आइसिसी टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले आज क्यानडासँग अभ्यास खेल खेल्दैछ।खेल डालासको ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समयानुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।
नेपालले अमेरिकासँग मे ३० मा दोस्रो अफिसियल वार्मअप म्याच खेल्ने तालिका छ । अमेरिकासँगको खेलपछि नेपालले विश्वकपको यात्रा सुरु गर्नेछ ।
विश्वकप तयारीका लागि नेपाली टोली वैशाख अन्तिम साता अमेरिका पुगेको थियो। जहाँ नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्ध तीन खेलको सिरिज खेलेको थियो। जसमा नेपाल २–१ ले विजयी भएको थियो।
त्यसपछि नेपालले ह्युस्टनमा ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास खेल खेल्यो। दुवै अभ्यास खेलमा नेपाल विजयी भयो।
नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन्। दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन्।
सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन्। करण र सोमपाललाई बलिङ अलराउन्डरको रूपमा पनि टोलीले लिएको छ। स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन्।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया