माधव नेपालको चीन भ्रमण रद्द

चीन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यसै साता हुन लागेको चीन भ्रमण रद्द गरेका छन् ।
राजनीतिक दलका नेताहरुमध्ये विदेश यात्रामा बढी यात्रा गर्न रुचाउने आरोप खेपेका अध्यक्ष नेपालको भ्रमण तयारी पुरा भएपनि अन्ततः चीन यात्रा नगर्ने भएका हुन् ।
आगामी विहीबारदेखि चीन सरकारको निम्तोमा सुचवान प्रान्तको राजधानी छेन्दुको भ्रमण गर्ने कार्यतालिका थियो । अध्यक्ष नेपालले भ्रमण गर्न नसक्ने भएपछि पार्टीका उपाध्यक्ष प्रमेशकुमार हमालको नेतृत्वमा सात सदस्यीय टोली बिहीबार छेन्दु पुग्नेछन् ।
हमाल नेतृत्वको टोलीले चारदिन चीन यात्रामा रहँदा छेन्दुमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटवार्ता र भ्रमण गर्नेछन् ।
त्यसअघि अध्यक्ष नेपालको नेतृत्वका टोली छेन्दु भ्रमण सकेर चीनको स्वसासित क्षेत्र तिब्बतको समेत भ्रमण तालिका तय हुँदै थियो । तर, अध्यक्ष नेपालको भ्रमण रद्द भएपछि हमाल नेतृत्वको टोली भने तिब्बत जाने छैन ।
यस पटकको चीन यात्रामा अध्यक्ष नेपालले सनातनीहरूको पवित्रस्थल कैलाश मानसरोवरको यात्रा गर्ने विषयमा चिनियाँ पक्षसँग छलफल भइरहेको थियो । अध्यक्ष नेपाल नआउने भएपछि तिब्बत यात्रा पनि पनि स्थगित भएको हो ।
पछिल्लो समय नेपालको राजनीतिक परिस्थितिका कारण अध्यक्ष नेपालको चीन भ्रमण स्थगित भएको होला भन्ने अनुमान चिनियाँ पक्षले गरेका छन् ।
नेपालका लागि चीनका राजदूत विष्णुपुकार श्रेष्ठले अध्यक्ष नेपालको भ्रमणका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘मैले अध्यक्ष नेपालको भ्रमणबारे छेन्दुतिर बुझ्नु पर्ला । छेन्दुमा नेपालको महावाणिज्य दूतावास पनि रहेको छ ।’
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया