बजेट भाषणगर्नु अघि कांग्रेससहित विपक्षी दलहरूको बैठक बस्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा विपक्षी दलहरूको संयुक्त बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरस्थित देउवाको कार्यकक्षमा बस्ने छ ।
देउवाले विपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
विपक्षी दलको बैठकअघि कांग्रेस संसदीय दलको बैठक पनि बस्नेछ ।
संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र विपक्ष सहमत भए पनि समितिको कार्यादेशका विषयमा भने सहमति जुट्न सकेको छैन । त्यसैले सदनको गतिरोध अन्त्य हुन सकेको छैन ।
अर्थमन्त्री वर्षमान पुनले आज दिउँसो १ बजे बस्ने संघीय संसदको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्नेछन् । त्यसअघि देउवाले बोलाएको विपक्षी दल र आफ्नो पार्टीको संसदीय दलको बैठकलाई चासोको साथ हेरिएको छ ।
















मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै
डोटीमा घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
नेपाली शान्ति सैनिकको अदलीबदली
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया