शुक्रबार, चैत १३, २०८२

राजेन्द्रको प्रश्न- सीता दाहाल कलेज र प्रधानमन्त्री छोरी कार्यक्रम कस्तो हो ?

मेरोन्यूज २०८१ जेठ १५ गते १९:४८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको बजेटले आशा नजगाएको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

उनले बजेटमा समावेश भएको सीता दाहाल कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम कस्तो हो भन्दै सरकारलाई प्रश्न समेत गरे ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले बजेटमा अन्य केही नयाँ नभएको टिप्पणी गरे ।

उनले भने, ‘अनुमान, अनुदान र ऋणमा बजेट आधारित भयो, आशा जगाउने कुरा केही छैन । बजेटमा नयाँ भनेको सीता दाहाल नेच्युरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम आएका छन् । यो कस्तो कार्यक्रम हो ।’ ?

प्रतिक्रिया