ऋण धेरै भयो : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थशास्त्री स्वर्णिम वाग्लेले बजेट मध्यपन्थी भएको बताएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेपछि संघीय संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले बजेट गैरजिम्मेवार नभई सन्तुलित भएको बताए ।
‘बजेट मध्यपन्थी छ । जुन बजारमा आकार ह्वात्तै बढ्ला भन्ने थियो, त्यसमा सम्हालिएको छ, तर गैरजिम्मेवार छैन, सन्तुलित छ’, उनले भने ।
वाग्लेले बजेटको आकार भने ठूलो बनाएको बताए । १२ खर्ब ६० अर्ब राजस्व उठाउने लक्ष्य राखिएकामा १८ खर्ब ६० अर्बको बजेट ल्याउँदा धेरै रकम ऋण लिने उद्देश्य राखिएको उनको भनाइ छ ।
‘यसलाई अर्थमन्त्रीले भनेजस्तो योजना बनाएर दशैंअघि नै कार्यान्वयनमा जान सक्ने र पुरानो रोग चिर्न सक्नुभयो भने कार्यान्वयनमा जाने आधार छ’, उनले भने ।
तर ३ खर्ब ३० अर्बको आन्तरिक ऋण र २ खर्ब १७ अर्ब विदेशी ऋण भने धेरै भएको उनले बताए । बजेटमा उल्लेख गरिएको ऋण कुल ग्रार्हस्थ्य उत्पादनको ९ प्रतिशत रहेको भन्दै उनले ५ प्रतिशत भन्दा माथि जान नहुने धारणा राखे । ‘यति हुँदाहुँदै पनि ऋणको रकमबाट आर्थिक वृद्धि भयो भने तिर्न सकिन्छ’, उनले भने ।
सरकारले धेरै आन्तरिक ऋण उठाउँदा निजी उद्यमीले सहज रुपमा ऋण नपाउने, बैंकमा तरलता बढ्ने र ब्याजदरमा पनि चाप पर्ने वाग्लेले बताए ।
















वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया