बुधबार, पुष ३०, २०८२

नामिबियामाथि अस्ट्रेलियाको जित

मेरोन्यूज २०८१ जेठ १६ गते ९:१४

काठमाडौं । आइसीसी टी२० विश्वकप अघिको वार्मअप खेलमा अस्ट्रेलियाले नामिबियामाथि सहज जित हासिल गरेको छ।

वेस्ट इन्डिजमा बुधबार बिहान सपन्न खेलमा अस्ट्रेलियाले ७ विकेटको जित हासिल गरेको हो। नामिबियाले दिएको १२० रनको लक्ष्य अस्ट्रेलियाले १० ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।

अस्ट्रेलियाको जितमा ओपनर डेबिड वार्नरले २१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले। टिम डेबिडले १६ बलमा २३ रन बनाए भने कप्तान मिचेल मार्शले १४ बलमा १८ रन बनाए।

नामिबियाका लागि बेर्नाड स्कोडेजेले २ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन बनाएको थियो।

नामिबियाका लागि जान ग्रिनले ३० बलमा ३८ तथा मलान कुर्जरले ११ बलमा १८ रन बनाएका थिए। अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ तथा जोस हेजलवुडले २ विकेट लिएका थिए। हेजलवुडले ४ ओभरमा ३ मेडन राखेर ५ रन खर्चिएका थिए।

विश्वकपमा अस्ट्रेलिया र नामिबिया समूह बी मा रहेका छन्।

प्रतिक्रिया