जनकनन्दिनी बन्यो पूर्णखोप पालिका

जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ ।
छवटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामनन्दन मण्डलले उक्त घोषणा गर्दै जिल्ला खोप समन्वय समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताए।
सोह्र महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप लगाएर पूर्ण खोप घोषणा भएको हो । लामो समयदेखि यो कार्यतयारी भइरहको थियो ।
गाउँपालिकाको खजुरी स्वास्थ्य शाखाद्वारा आयोजित समारोह गाउँपालिकाका अध्यक्ष दिपेनदेव यादवको अध्यक्षतामा भएको थियो ।
समारोहमा जिल्ला समन्वय समितिका उपप्रमुख सङ्गीता ठाकुर, गाउँपालिका उपाध्यक्ष कमला सहगल, प्रशासकीय अधिकृत सैलेष यादव, खजुरी स्वास्थ्यचौकी प्रमुख अयोधी दास, वडा नं – ४ का वडाध्यक्ष दिलीप यादव तथा धनुषा जनस्वास्थ्य कार्यालयका प्रमुख उमेश यादवले खोपको महत्व बारेमा जानकारी दिएका थिए ।
















मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया