बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दोलखा तामाकोशी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ४१ वर्षीय ईश्वर प्रसाद काफ्ले र रौतहट फतुवाविजयपुर नगरपालिका-११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने ३८ वर्षीय राजेन्द्र क्षेत्री खरेल रहेका छन् ।
उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा ईश्वर प्रसादलाई ३२ लाख २० हजार रूपैयाँ विगो वापतको रकम, १८ दिन कैद र १ लाख २८ हजार ८ सय रूपैयाँ जरिवाना तथा राजेन्द्र क्षेत्रीलाई ३७ लाख रूपैयाँ विगो वापतको रकम, १७ दिन कैद र १ लाख ५८ हजार २ सय ८० रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया