बनेपामा गाडी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
मेरोन्यूज
२०८१ जेठ १७ गते २०:५५

बनेपा । काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका– ११ धनेश्वर नजिक डिआई गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बनेपा नगरपालिका–११ धनेश्वरबाट पाकुडोलतर्फ जाने भित्री सडकमा सिमेन्ट बोकेको बा ६ च ६३४० नम्बरको गाडी दुर्घटना हुँदा गाडी चालक पनौती नगरपालिका– ५ ढलमले बस्ने ५२ वर्षीय बद्री बोगटीको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका बोगटीको उपचारको क्रममा बनेपास्थित शीर मेमोरियल अस्पतालमा बिहीबार साँझ करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।
दुर्घटनामा जिल्लाको भुम्लु गाउँपालिका– २ बस्ने २३ वर्षीय विष्णु पहरी र २४ वर्षीय सुमन पहरी घाइते भएको प्रहरीले जनाएको छ।
घाइते दुवैको अनुहार र ढाडमा चोट लागेको र उनीहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
नेपालले गुमायो दुवै ओपनर
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया