बनेपामा गाडी दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
मेरोन्यूज
२०८१ जेठ १७ गते २०:५५

बनेपा । काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका– ११ धनेश्वर नजिक डिआई गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बनेपा नगरपालिका–११ धनेश्वरबाट पाकुडोलतर्फ जाने भित्री सडकमा सिमेन्ट बोकेको बा ६ च ६३४० नम्बरको गाडी दुर्घटना हुँदा गाडी चालक पनौती नगरपालिका– ५ ढलमले बस्ने ५२ वर्षीय बद्री बोगटीको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका बोगटीको उपचारको क्रममा बनेपास्थित शीर मेमोरियल अस्पतालमा बिहीबार साँझ करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।
दुर्घटनामा जिल्लाको भुम्लु गाउँपालिका– २ बस्ने २३ वर्षीय विष्णु पहरी र २४ वर्षीय सुमन पहरी घाइते भएको प्रहरीले जनाएको छ।
घाइते दुवैको अनुहार र ढाडमा चोट लागेको र उनीहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित









स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया