पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन

पर्वत । पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू भएको छ । गर्मीयाम र खडेरीका बेला बजारमा अत्याधिक माग हुने खरबुजा तराईका नदीबगर र बलौटे पाँगो माटो भएका ठाउँमा खेती हुने गरेकामा पहाडी जिल्ला पर्वतमा पनि उत्पादन गरिएको हो ।
यसअघि परीक्षणका रूपमा उत्पादन सफल भएपछि अहिले व्यावसायिक रुपमा उत्पादन थालिएको हो ।
कुश्मा नगरपालिका–७ मा रहेको पुरी एग्रो फार्मका सञ्चालक नीलराज पुरीले चार रोपनी क्षेत्रफलमा खरबुजा लगाएका हुन् ।
विगत १८ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनले खरबुजाको परीक्षण उत्पादन सफल भएपछि अहिले व्यावसायिक रूपमा अगाडि बढाइएको बताए ।
‘गर्मी क्षेत्रमा उत्पादन हुने यो फल पहाडी जिल्ला र चिसो हावापानी भएका क्षेत्रमा पनि उत्पादन गर्न सकिँदो रहेछ,’ पुरीले भने, ‘तीन वर्षको परीक्षण खेतीपछि अहिले व्यावसायिकरूपमा खरबुजा खेती गरिरहेको छु । गत फागुनमा लगाएको खरबुजा अहिले बिक्री वितरणका लागि तयार भएको छ ।’
तरकारी खेतीसँगै खरबुजा खेतीसमेत गरिरहेका उनले सुरुमा तीन किलोग्रामसम्म उत्पादन भएकामा अहिले सात किलोसम्म फल लागेको बताए ।
‘बगरमा खेती हुन्छ भन्ने सुनेको थिए तर तरकारी खेती र माटोमा नयाँ अनुसन्धान गर्ने क्रममा खरबुजा खेती गरेको थिए ।
बलौटे माटो, पानी कम भएको क्षेत्रमा पनि खरबुजा उत्पादन सफल भएको छ,’ उनले भने, ‘अहिले थोरै जग्गामा लगाएको थिएँ, उत्पादन र माग राम्रो भएकाले आगामी वर्षमा खेती विस्तार गर्ने तयारीमा छु ।’
कुश्मा नगरपालिका–७ का वडासदस्यसमेत रहनुभएका पुरीले जनताको सेवासँगै कृषि उत्पादन गरेर प्रशस्त आम्दानी गरिरहेका छन् ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया