सुन तस्करी प्रकरणमा कांग्रेस नेता लामा पक्राउ

काठमाडौँ । ६० किलो सुन प्रकरणमा संगल्न रहेको आरोपमा थर्कमान लामा पक्राउ परेका छन् ।
काभ्रेको तेमााल गाउँपालिका घर भएका लामालाई नेपाल प्रहरीको केन्द्रीय अुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।
६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न पूर्वन्याायधीश डिल्लीराज आचार्यको अध्यक्षतमा गठित जाँचबुझ आयोगको प्रतिवेदनले लामाको सुन तस्करीमा संलग्नता देखाएका कारण पक्राउ गरेको सीआईबी श्रोतले बतायो ।
कांग्रेसका स्थानीय नेता समेत रहेका उनलाई प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।
बिसं २०८० साउन २ गते विमानस्थल भन्सार कार्यालय सिनामंगलबाट जाँचपास भएर बाहिरिएको १५५ किलो तौलको स्कुटरको ब्रेक सुमा तस्कर समूहले सुन लुकाएर ल्याएको थियो ।
भन्सार हाता कट्ने बितिक्कै राजश्व अनुसन्धान विभागले सुनसहितको ब्रेक सु नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको थियो ।
रेडी ट्रेडर्स नामक कम्पनीले हङकङबाट क्याथेप्यासेफिक एयरलाइन्सको कार्गोबाट आयात गरिएको ब्रेक प्याड गाल्दा ६१ किलो ७ सय ग्राम २४ क्यारेटको सुन रहेको पुष्टि भएको थियो ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया