आठ वर्षपछि दोदा पुल बन्दै

महेन्द्रनगर । कञ्चनपुरको दोदा नदीमा करिब आठ बर्षपछि पक्की पुल निर्माण सुरू भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर तारानाथ सिग्देलले अहिले पुल निर्माणले गति लिएको बताएका छन् ।
यहाँको लालझाडी गाउँपालिकास्थित देखतभुलीनजिक दोदा नदीमा पुल निर्माणका लागि विसं २०७२ पुसमा रु २४ करोड २२ लाखमा निर्माण सम्झौता भएको थियो तर पुल निर्माणका क्रममा ‘पाइल टेष्ट’मा समस्या आएपछि निर्माणकार्य अगाडि बढ्न सकेको थिएन ।
सिग्देलले पुल निर्माणका लागि लुम्बिनी–राजेन्द्र–कुमार श्रेष्ठ जेभीले ठेक्का पाएपछि सुरुआतमा राजेन्द्र निर्माण सेवाले काम गरेको थियो । त्यसक्रममा पिल्लर खडा गरे पनि प्राविधिक समस्या देखिएपछि सोही स्थानमा नयाँ पुल निर्माण गर्नुपरेको इन्जिनियर सिग्देलले बताए ।
“राजेन्द्रसित काम रिजेक्ट भएपछि अहिले जेभी पार्टनर कुमारले काम धमाधम गरिरहेको छ”, उनले भने, “राजेन्द्रले लिएको रु १२ करोड पनि बैंक धरौटीबाट असुल गरिएको छ ।”
लालझाडी गाउँपालिकालाई जोड्ने उक्त पुलको ‘स्पान’ लम्बाइ दुई सय मिटर रहेको छ । “अब पुल निर्माणको कामले गति पाएको छ”, उनले भने, “हामीले पनि म्याद थपका लागि माथिल्लो निकायमा पु¥याइसकेका छौँ ।” उनले ‘पाइल टेष्ट’मा समस्या आएर नयाँ डिजाइनअनुसार पुल बनिरहेको जानकारी दिए ।
वर्षौंसम्म पुल नबनेपछि स्थानीयले बाँसको अस्थायी पुल बनाएर शुक्ल तिरेर ओहोरदोहोर गर्ने गरेका थिए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया