आगामी आथिर्क वर्षमा नेपालको गार्हस्थ्य उत्पादन २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण
मेरोन्यूज
२०७७ चैत १८ गते १५:१५

काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो । दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले आज जारी गरेको अद्र्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१/२२ मा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
“आगामी वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थतन्त्र पुनरुत्थानको मार्गमा आउनेछ”, प्रतिवेदनमा भनिएको छ ।
कोभिड–१९ का कारण धेरै व्यवसाय प्रभावित भएका, राजश्व सङ्कलनमा कमी आएको तथा लाखौँ बेरोजगार भएका जनाउँदै प्रतिवेदनमा रोजगारीका अवसर अझै प्रभावित हुने, आम्दानी घट्ने र असमानता बढ्दै जाने प्रतिवेदनमा उल्लेख छ ।रासस
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया