रौतहट ट्राफिक प्रहरीको सक्रियता, आठ दिनमा छ लाख बढी राजश्व संकलन

रौतहट। रौतहटस्थित ट्राफिक प्रहरी कार्यालयले नियमविपरीत चलेका सवारी चलाकलाई कारबाही गरेर ८ दिनभित्र ६ लाख रुपैयाँ भन्दाबढी राजश्व संकलन गरेको छ।
जेठ ९ गते देखि लिएर १७ गतेसम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा सवारी नियमविपरीत चलेका सवारी चालकलाई कारबाही गरेको हो।
ट्राफिक प्रहरीले ५२५ सवारी साधनलाई कारबाही गरेर जरिवाना स्वरूप ६ लाख ३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रहरी रौतहटका प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले बताएकी छिन्।
पछिल्लो समय रौतहटस्थित ट्राफिक प्रहरीको सक्रियताले राजश्व संकलनमा वृद्धि हुनुका साथै सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।
हाल जिल्ला सदरमुकाम गौर, गरुडा, सुकदेव चौक, बम नहर, चन्द्रनिगाहपुर, बागमती, डुमरिया, मौलापुर, विजयपुरलगायत ग्रामीण भेगमा समेत ट्राफिक प्रहरी क्रियाशिल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।













कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया