टर्किस सुपर लिगमा जाने भए मोरिन्हो

काठमाडौँ । जोसे मोरिन्हो टर्की लिगमा जाने निश्चित भएको छ । मोरिन्होले टर्की लिगको क्लब फेनेर्बाचेको प्रशिक्षक बन्ने भएका हुन् । मोरिन्होले फेनेर्बाचेका लागि २ बर्षको सम्झौता गर्ने भएका छन् ।
उनलाई गत जनवरीमा इटालियन क्लब एएस रोमाले बर्खास्त गरेको थियो ।
केहि दिन अघि देखि प्रिमियर लिग चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम देखि साउदी लिग अल नासर सम्म जाने चर्चा चलिरहेका बेला मोरिन्होले टर्किस लिग रोजेका हुन् ।
फेनेर्बाचे टर्कीको सफल क्लब मध्य एक हो । हालै सम्पन्न सिजनमा लिगमा दोस्रो भएको थियो । फेनेर्बाचेले अहिलेसम्म १९ पटक टर्की सुपर लिगको उपाधि जितेपनि पछिल्लो १० बर्षमा भने उपाधि जित्न सकेको छैन । पछिल्लो पटक फेनेर्बाचेले २०१३-१४ सिजनमा लिग उपाधि जितेको थियो ।
मोरिन्हो फुटबल जगतका सफल प्रशिक्षक मध्ये एक हुन् । उनले पोर्टो र इन्टर मिलान जस्ता क्लबलाई च्याम्पियन्स लिग जिताएका छन् ।
















श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया