हत्या गरी फालिएको अवस्थामा पुरुषको शव फेला
मेरोन्यूज
२०८१ जेठ १९ गते १४:५०

काठमाडौं । कपिलवस्तुको सुद्धोधन गाउँपालिका– ६ बेलभरिया गाउँको दक्षिण मर्थी खोलाको नालामा शनिवार बिहान करिव १० बजेतिर हत्या गरी फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
अनुहारमा ढुंगाले हानेर हत्या गरी नालामा छाडिएको अवस्थामा अन्दाजी २८ देखि ३० वर्षीय पुरुषको शव फेला परेको कपिलबस्तुका प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले जानकारी दिए।
मृतक पुरुषको मुखमा गहिरो चोट देखिएको र शव नजिकै ढुंगासमेत फेला परेको ओलीले बताए। शवको पहिचान नखुलेको र पोस्टमार्टका लागि प्रादेशिक अस्पताल वुटवल पठाइएको छ।
उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
सम्बन्धित
















मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया