हत्या गरी फालिएको अवस्थामा पुरुषको शव फेला
मेरोन्यूज
२०८१ जेठ १९ गते १४:५०

काठमाडौं । कपिलवस्तुको सुद्धोधन गाउँपालिका– ६ बेलभरिया गाउँको दक्षिण मर्थी खोलाको नालामा शनिवार बिहान करिव १० बजेतिर हत्या गरी फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
अनुहारमा ढुंगाले हानेर हत्या गरी नालामा छाडिएको अवस्थामा अन्दाजी २८ देखि ३० वर्षीय पुरुषको शव फेला परेको कपिलबस्तुका प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले जानकारी दिए।
मृतक पुरुषको मुखमा गहिरो चोट देखिएको र शव नजिकै ढुंगासमेत फेला परेको ओलीले बताए। शवको पहिचान नखुलेको र पोस्टमार्टका लागि प्रादेशिक अस्पताल वुटवल पठाइएको छ।
उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
सम्बन्धित











वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
एमालेको सचिवालय बैठक सुरु
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
प्रतिक्रिया