मंगलबार, चैत १७, २०८२

भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँ: मन्त्री श्रेष्ठ

मेरोन्यूज २०८१ जेठ १९ गते १९:४८

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

शनिवारदेखि काठमाडौंमा सुरु भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षमा भलिबलका लागि एउटा आवासीय कबर्ड हल बनाउन कुरामा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको बताएका हुन्।

‘यही बजेटमा पनि, यही नीति तथा कार्यक्रममा पनि भलिबलका लागि एउटा गन्तव्यको रुपमा विकास गर्न खोजेको तर जग्गा प्राप्ति यावत समस्याहरुले सकेका छैनौँ । यहीपालि भलिबलको लागि एउटा आवासीय कभर्ड हल बनाउन हामी सबै मिलेर सक्छौँ की भन्नेमा आशावादी छु,’ उनले भने।
उनले नेपालमा भलिबल खेलको ठूलो सम्भावना रहेको पनि बताए। ‘अझ हाम्रो पहाडतिर, गाउँतिर, मधेसतिर धेरै खेल्ने खेल हो । राष्ट्रिय गेम भएपनि यसको राम्रो खेल्ने डेडिकेटेड हिसावले एउटा हल बन्ने हामी सबैको एउटा साझा चुनौति भएको छ,’ उनले भने।

उनले खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने पनि बताए।

प्रतिक्रिया