बुधबार, चैत ११, २०८२

गृहमन्त्री लामिछानेले हुकुमी शासन चलाउन खाेजे : रामहरि खतिवडा

मेरोन्यूज २०८१ जेठ २० गते ११:४८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देश हुकुमी शासनमा चलाउन खोजेको हो भन्दै प्रश्न गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले मुलुक हुकुमी शासनमा नभइ कानुनी आधारमा चल्नुपर्ने बताए । उनले मापसे गरेकाहरूलाई कुन कानुनमा टेकेर सडकमा उभ्याएको भन्दै प्रश्न गरे ।

‘उपप्रधानमन्त्रीको ट्वीट पढेँ । ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीलाई महिनावारीमा चार दिन बिदा दिने । कानुन बनाएर गर्दा स्वागत गर्छौँ, धन्यवाद दिन्छौँ,’ उनले भने, “मुलुक हुकुमी हैन कानुनअनुसार चल्नुपर्छ । मापसे गरेको बिहान सडकमा ल्याएर उभ्याउने ? कुन कानुन र नियममा छ ? यसरी मुलुक चलाउने ?’

प्रतिक्रिया