पूर्व अर्थमन्त्रीको प्रश्न- आलु,प्याजको भ्याट हटाएर स्वदेशी उत्पादन कसरी संरक्षण हुन्छ ?

काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा आशंका रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै डा.महतले ऋणको भार बढिरहेका बेला ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय लिएको भन्दै आलोचना गरेका हुन् ।
उनले भने- ‘१८ खर्ब ६० अर्ब बजेट पुर्याउन अर्थमन्त्री वर्षमान पुनजीले ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय लिनु भयो । यो रकम सानो रकम होइन । उत्पादनाशील क्षेत्रमा खर्च नगर्ने गलत स्थानमा लगानी गर्दा राजश्व वृद्धि हुँदैन ।’
बजेटमाथि टिप्पणी गर्दै उनले उत्पादन र रोजगारी बढे मात्रै राजश्व वृद्धि हुने भन्दै ऋण तिर्न नसक्ने अवस्था सृजना हुनेमा आशंका व्यक्त गरे।
उनले भौतिक मन्त्रालयलाई १ खर्ब ३४ अर्बबाट १ खर्ब ५० अर्ब पुर्याएको बताउँदै सहरी विकास योजनामा केवल ६६ अर्ब ९२ करोड बनाएको उल्लेख गर्दै मन्त्रालयगत रुपमा बजेटको विभाजन असमान रहेको बताए ।
साथै उनले अर्थमन्त्रीले आलू, प्याज र स्याउसहितका फलफुलमाथि भन्सारमा लगाएको भ्याट हटाएर कसरी स्वदेशी उत्पादनको संरक्षण हुन्छ भन्ने प्रश्न गरेका थिए । उनले अर्थमन्त्रीले सिधै झुटो बोलेको बताउदै यसले विदेशी उत्पादन नेपाली बजारमा सस्तो हुने र नेपाली उत्पादनले बजार नपाउने दाबि गरे ।















प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रतिक्रिया