टिकापुरमा एअरपोर्ट बनाउने याेजनासहित पर्यटनमन्त्री बन्दै रञ्जिता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्। हेरफेरसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ सरकारमा जाने तयारी गरेकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
‘सरकारमा जाने भन्ने कुरा हो, प्रधानमन्त्रीले पर्यटनमन्त्री भन्नुभएको छ’, श्रेष्ठले भनिन् ।
श्रेष्ठ निकटस्राेतले एक हप्ताभित्र क्याबिनेट पुनर्गठन गर्ने प्रधानमन्त्रीले बताएकाे जानकारी दियाे ।
यसअघि श्रेष्ठले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लिने तयारी रहेकाेमा आफ्नो निर्वाचनक्षेत्र टिकापुरकाे बन्द रहेकाे एअरपोर्टलाई बिस्तार गरि सञ्चालन गर्ने रणनीति साथ पर्यटन मन्त्रालय राेजेकाे श्रेष्ठ निकट स्राेतले जानकारी दियाे ।
यसअघि श्रेष्ठले आफु मन्त्री नबनेर अर्का सांसद अरुण चाैधरीलाई मन्त्री बनाउने तयारी गरेपनि प्रधानमन्त्री प्रचण्डले श्रेष्ठलाईनै मन्त्री बन्न आग्रह गरेका थिए । आफु मन्त्री बनेसँगै अरुण चाैधरी वा अर्काे कुनै सांसदलाई राज्यमन्त्री बनाउने रञ्जिताकाे तयारी छ ।
गत २१ फागुनमा सत्ता समीकरण फेरिएपछि उनी मन्त्रीबाट हटेकी थिइन् ।
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया