बुधबार, चैत ११, २०८२

भारतीय लोकसभा चुनाव : कुन दलका उम्मेदवार कति स्थानमा अगाडी ?

मेरोन्यूज २०८१ जेठ २२ गते १२:३५

काठमाडौं । भारतीय संसद्को तल्लो सदन लोकसभाको मतगणना जारी छ ।

Advertisement
nepal life insurencenepal life insurence

५४३ सदस्यको लागि भएको निर्वाचनको मतगणनामा भारतीय जनता पार्टी (भाजपा) ले अग्रता कायम गरेकाे छ ।

मंगलबार बिहानबाट सुरु भएको मतगणनामा भाजपाका २३८ उम्मेदवार अग्र स्थानमा रहेकाे भारतीय निर्वाचन आयोगले जनाएकाे छ । एक पार्टीका उम्मेदवार विजयी भइसकेका छन् ।

यस्तै भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)का ९७ उम्मेदवारले अग्रता लिइरहेका छन् ।

आयोगका अनुसार मंगलबार बिहान ११ः१५ बजेसम्मको अवधिमा समाजवादी पार्टीका ३२, अल इन्डिया तृणमूल कांग्रेस (एआईटीसी)का २८, डीएमकेका २१, तेल्गु देशम (टीडीपी)का १६, जनता दल (युनाइटेड)का १४, शिव सेना (उद्धव बालासाहेव थाँक्रे)का १०, नेसनलिस्ट कंग्रेस पार्टीका ८, कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई–एम)का ६, शिव सेना–एसएचएसका ६, राष्ट्रिय जनता दलका ५, लोक जनतान्त्रिक पार्टीका ५, वाईएसआरसीपीका ४ र कम्युनिस्ट पार्टी अफ इन्डियाका ३ उम्मेदवारले अग्रता बनाएका छन् ।

प्रतिक्रिया