रूसले जनावरका लागि पनि कोरोनाको खोप बनायाे

रूस । कोरोनाभाइरसविरुद्ध जनावरका लागि पनि खोप बनाइएको छ । जनावरका लागि बनाइएको पहिलो खोपको विकास रुसले गरेको सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् ।
रुसको कृषिसम्बन्धी नियामक निकायले बुधबार यो खोप प्रयोगका लागि उपयुक्त रहेको निष्कर्ष सार्वजनिक गरेको हो । खोपको विकास गरेको संस्थाले गत अक्टोबरदेखि यसको परीक्षण गरिरहेको थियो ।
उनीहरूले कुकुर, बिरालोलगायतका जनावरमा यो खोपको परीक्षण गरेका थिए । परीक्षणले यो खोप जनावरहरूका लागि हानिकारक नरहेको पुष्टि भएको परीक्षणमा संलग्न अधिकारीहरूले जनाएका छन् ।
“यो खोपले जनावरको शरीरमा एन्टीबडी उत्पादन गरेर कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्ने भएकाले यो शतप्रतिशत उपयोगी र प्रभावकारी देखिएको छ,” एक स्वास्थ्य अधिकारीले भने ।
सबै जनावरलाई लगाउने गरी आगामी अप्रिलदेखि यसको प्रयोग पनि सुरु हुने अधिकारीहरूको भनाइ छ । त्यसपछि अरू देशहरूलाई पनि आवश्यकतानुसार खोप उपलब्ध गराउन सकिने उनीहरूले बताएका छन् । खोपको विकास रुसको सङ्घीय पशु स्वास्थ्य केन्द्रले गरेको हो ।
















अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रतिक्रिया