वातावरण दिवसमा लोकन्थलिदेखि पाण्डु बजारसम्म सरसफाइ गरिँदै

काठमाडौं । विश्व वातावरण दिवस २०२४ को अवसरमा बुधबार सरसफाई तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।
राष्ट्रको लागी २ घण्टा अभियान नेपाल भक्तपुरले आफ्नो क्षेत्रको वातावरण संरक्षणमा आफैले ध्यानदिनुपर्ने सन्देश प्रवाहका साथ दिवस मनाउने तयारी गरेको हो ।
अन्तराष्ट्र्रिय वातावरण दिवस २०२४ ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ अरनिको राजामार्गमा वृहतरुपमा (लोकन्थलि देखि पाण्डु बजारसम्म) एकैपटक हजारौं अभियान्ता परिचालन गरी सरसफाई तथा जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाउँन लागिएको अभियान्ता पुरुशोतम श्रेष्ठले मेरोन्युजलाई जानकारी दिए ।
२०७४ साल फाल्गुन १९ गतेबाट सुरु भइ आफ्नो निर्धारित १००औँ हप्ताको हनुमन्ते नदी सफाई अभियान पश्चात, २०७९ फाल्गुन १९ गतेबाट शुभारम्भ भई हालसम्म निरनतर सञ्चालित राष्ट्र्को लागी २ घण्टा अभियानद्धारा अरनिको राजमार्ग लक्षित कार्यक्रमहरु संञ्चालन भइरहेको अभियान्ता श्रेष्ठले बताए ।
अभियानको उद्देश्य वातावरणीय स्वच्छता कायम गर्ने रहेको छ । पहिलो चरणमा अरनिको राजमार्ग सफाई, जनचेतनामूलक कार्यक्रमहरु अन्तर्गत बसहरुमा स्टिकर टास्ने, यात्रुहरुलाई बसबाट फोहोर नफाल्न अनुरोध गर्दै आएको र हरीयाली प्रर्वद्धनको लागि ट्र्याक सबवे रोडमा २००० भन्दा बढि विरुवा रोपी पहिलो चरण सम्पन्न भएको थियो ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया