दुई विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्दै सोमपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी दुई विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन् ।
यसअघि सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी-२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए। त्यसबेला उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सोमपालले हालसम्म नेपालका लागि ५४ एकदिवसीय र ६५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। उनले एकदिवसीय खेलमा ७१ विकेट र टी-२० मा ५८ विकेट लिएका छन् भने ३१५ रन जोडेका छन् । सोमपालकाे ब्याटिङ स्ट्राइक रेट ११५.३८ रहेको छ ।
सन् २०१४ को जनवरीमा यूएईविरुद्ध डेब्यू गरेका सोमपालले सोही वर्ष बंगलादेशमा आयोजित विश्वकपमा टि–२० अन्तर्राष्ट्रिय खेलमा हङकङविरुद्ध डेब्यु गरेका थिए । उनले उक्त खेलमा ४ विकेट लिएका थिए ।
नेपालले इतिहासमै दोस्रो पटक टी-२० विश्वकप खेल्दैछ । सोमपाल र नेपालले दोस्रो पटक विश्वकप खेल्दा समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा हुनेछ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दै छ ।













चुरोटभन्दा हानिकारक हुक्का
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया