पोखराका सहकारी पीडितले देखाए प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा
मेरोन्यूज
२०८१ जेठ २३ गते १२:५३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखरामा सहकारी पीडितले कालो झण्डा देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरूले कालो झण्डा देखाएका हुन् ।
सहकारी पीडितहरूले केही दिनदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आइरहेका छन् । प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए ।
आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएर पार्टी प्रशिक्षण कार्यक्रममा जाँदै गर्दा सहकारी पीडितले कालो झण्डा र ब्यानर देखाएका हुन् ।
सम्बन्धित














नेपाल प्रहरीका ८ डीआईजीको सरुवा
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
प्रतिक्रिया