नेप्सेमा सामान्य गिरावट, झन्डै ४ अर्बकाे काराेबार

काठमाडौं। नेप्सेमा सामान्य गिरावट आएको छ । साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा रोकिएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.११ प्रतिशतले घटेर ३७१.६१ विन्दुमा कायम भएको छ ।
आज ३०६ कम्पनीका ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
आज भगवती हाइड्रोपावर डेभलपेन्टको मात्रै सेयर सकारात्मक सर्किट लागेको थियो भने मनकामना स्मार्ट लघुवित्त वित्तीय र माइ खोला हाइड्रोपावरको सेयर ९ प्रतिशत बढिले बढेको थियो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
त्यस्तै सीईडीबी हाइड्रो पावर डेभलपमेन्टको १८ करोड,सानिमा माइ हाइड्रोपावरको १६ करोड,पोखरा फाइनान्सको १२ करोड र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको ८ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।
आज फाइनान्स, उत्पादन, माइक्रो फाइनान्स र म्युचुअल फण्डको समूहको उपसूचक सकारात्मक देखिएका छन् । जसमा म्युचुअल फण्डको सूचक सर्वाधिक ४.९२ प्रतिशतले बढेको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया