मंगलबार, वैशाख ८, २०८३

याैन दुर्व्यवहार आराेपमा प्रहरीका इन्स्पेक्टर पक्राउ

मेरोन्यूज २०८१ जेठ २४ गते १०:०९

काठमाडौं । याैन दुर्व्यवहार आराेपमा नेपाल प्रहरीका प्रहरीक्षक इन्स्पेक्टर पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूले नावालिगसँग याैनदुर्व्यवहार गरेकाे आराेपमा इन्स्पेक्टर बिदुर शिवाकाेटीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे हाे।

Advertisement
NiccNicc

प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले घटनाकाे पुष्टिगर्दै बालिकाकाे गुनासाेपछि इन्स्पेक्टर शिवाकाेटीलाई नियन्त्रणमा लिएकाे बताए।

‘नियन्त्रणमा लिएर अनुसन्धान सुरू भएकाे छ, घटनाका विषयमा बुझ्ने काम भइरहेकाे छ,’ डीआईजी कार्कीले भने। इन्स्पेक्टर शिवाकाेटी काडमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया