थानकोट–चित्लाङ सडकखण्ड असार २० सम्म बन्द

काठमाडौँ । गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ ।
सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको जनाउँदै ती दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सो सडकखण्ड बन्द हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा आज यहाँ जारी सूचनामा सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवं स्तरोन्नति गर्न लागिएको हो ।
चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले गत माघ १२ गते गणेशमान मार्गलाई तत्काल स्तरोन्नति गर्न रु आठ करोड विनियोजन गरेको थियो ।
सो मार्गअन्तर्गत सेतो पहरो क्षेत्र उच्च दुर्घटनाग्रस्त मानिएको छ । गत पुुस २८ गते सेतो पहरो क्षेत्रमा कार दुर्घटना हुँदा पाँचजनाको अकालमा मृत्यु भएको थियो ।

















सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली
भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल
खुल्यो तुम्लिङटार विमानस्थल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया