प्रधानमन्त्री कप भलिबलमा एपिएफ विजयी

काठमाडौँ। प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ३(१ सेटमा पराजित गर्यो । खेलको पहिलो सेट २२(२५ ले गुमाएको एपिएफले त्यसपछिका लगातार तीन सेट आफनो पक्षमा पार्दै जित हासिल गर्यो ।
एपिएफले खेलको दोस्रो सेट २५(१२, तेस्रो सेट २५(१४ र चौथो तथा अन्तिम सेट २५(१९ ले आफ्नो पक्षमा पार्यो । जितसँगै प्रतियोगितामा दोस्रो जित निकालेको एपिएफले यसअघि बूढानीलकण्ठ क्लबलाई ३(१ को सेटमा हराएको थियो । त्यसैगरी यसअघि भएको खेलमा एपिएफ गण्डकी प्रदेशसँग ३(१, नेपाल पुलिससँग ३(२ तथा आर्मी र हेल्प नेपालसँग समान ३(० सेटको हार ब्यहोरेको थियो ।
प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेको छैन । कोशीले यसअघि आर्मी, हेल्प नेपाल, गण्डकी र नेपाल पुलिसँगको समान समान ३(० तथा सुदूरपश्चिसँगको खेल ३(१ सेटमा पराजित भएको थियो ।
आजै भएको महिलातर्फको खेलमा न्यु डायमन्डले कर्णाली प्रदेशलाई ३(० र एभरेस्टले एपिएफलाई ३(२ को सेटमा पराजित गर्दै विजयी भएका छन् ।













सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया