हेटौँडा सिमेन्ट उद्योग अध्यक्षमा भण्डारी

काठमाडौँ । सरकारले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा हेटौंडाका नरेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सिमेन्ट उद्योगको अध्यक्षमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
यस्तै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओली, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर राईलाई नियुक्त गरिएको छ ।
नवनियुक्त हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले उद्योगको अवस्था नाजुक र चुनौतीपूर्ण अवस्थालाई सुधार गर्ने जिम्मेवारी पाएको प्रतिक्रिया जनाए ।
‘हेटौंडा सिमेन्टको वर्तमान अवस्थाप्रति म दुई दशकदेखि प्रत्यक्ष रुपमा जानकार छु । उद्योगको अवस्था नाजुक छ । यो चुनौतीपूर्ण अवस्थामा उद्योगलाई सुधार गर्ने जिम्मेवारी पाएको छु,’ उनले कान्तिपुरसित भने, ‘सरकारले जुन विश्वास गरेको छ । त्यो विश्वासलाई म पूरा गर्नेछु ।’
हेटौंडा सिमेन्ट उद्योगको नियमित उत्पादन छैन । झन्डै ३० कर्मचारी–श्रमिक नियमित तलब, उपदान र सेवासुविधाको माग राख्दै महिनौंदेखि धर्नामा छन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया