एमाले-माओवादी ब्यूँताउने फैसला पुनरावलोकन गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाश ढुंगाना पूर्ण इजलासले बिहीबार पुनरावलोकन नगर्ने आदेश दिएको हो ।
ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी नामको दल पहिल्यै दर्ता रहेको,सोही नाममा अर्को पार्टी दर्ता हुन नसक्ने भन्दै गत फागुन २३ गते सर्वाेच्चले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग हैसियतमा रहने फैसला सुनाएको थियो ।
उक्त फैसलामा एकीकरण गर्ने भए १५ दिनभित्र नयाँ नामसहित दर्ता गर्न निर्वाचन आयोगलाई आदेश पनि दिइएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फैसला पुनरावलोकनको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
















तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया