वीरगंजमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम ६० प्रतिशत सकियो

विरगंज। वीरगंजमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम तिब्र रुपमा अघि बढेको छ ।
५० हेक्टर क्षेत्रफल ओगट्ने यस चिडियाखानाको सीमांकन तथा त्यसमा घेराबार गर्ने काम करिब ६० प्रतिशत सकिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो । ‘अहिले सम्म घेराबार गर्ने काम करिब ६० प्रतिशत सम्पन्न भएको छ, उहाले भन्नुभयो, बाकी घेराबार गर्ने काम पनि भइरहेको र केही स्थानमा भने ब्यक्तिहरुले कब्जा गरिराखेकाले त्यो अतिक्रमण हटाउनु पर्ने देखिएको छ ।’
निकुन्जले शुक्रबारा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बैठक राखेर चिडियाखानाको सीमाभित्र पर्ने अतिक्रमण हटाउने विषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ । बैठकले चिडियाखासनाको पेरिमिटरमा भएको अतिक्रमण हटाउन सार्वजनिक सूचनामार्फत आह्वान गर्ने र अटेर गरे नियमानुसार खाली गराउने निर्णय गरेको छ ।यस्तै सीमांकनका लागि सार्वजनिक र निजी आवादी जग्गा छुट्याउन नापी कार्यालयलाई अनुरोध समेत गर्ने निर्णय गरेको छ ।
महानगर प्रमुख सिंहको नेतृत्वमा सरोकारवालाहरुको टोलीले चिडियाखानाको घेराबारको काम अनुगमन गर्ने र अनुगमन पछि आएको सुझाव अनुसार बांकि प्रकृया समेत अघि बढाउने निर्णय पनि भएको छ ।
बैठकमा महानगर प्रमुख सिंहले प्रकृतिक यहाँका नागरिक चिडियाखाना निर्माणको व्यग्र प्रतिक्षामा रहेकाले यसको निर्माण कार्य कुनै पनि बहानामा ढिलाई हुन नहुने बताउनु भयो । साथै उहाँले चिडियाखानाको पेरिमिटरमा पर्ने अतिक्रमण सबैको समन्वयमा हटाउन महानगर लागि पर्ने पनि बताउनु भयो । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले चिडियाखाना निर्माणको काम महत्वपूर्ण रहेकाले कतैबाट पनि अवरोध नआउने गरि सबैसँग समन्वय गरेर काम गर्नुपर्ने बताउनु भयो ।
बैठकमा नेपाली सेनाका प्रमुख सेनानी डायमण्ड कार्की, ससस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपाने, डिभिजन बन कार्यालय पर्साका प्रमुख सुनिल कुमार कर्ण, नापी कार्यालय पर्साका प्रमुख नापी अधिकृत राकेश कुमार झा, सबैया साझेदारी बन व्यवस्थापन समुहका अध्यक्ष लखनलाल साह, वडा नम्बर ३१ का वडा अध्यक्ष जितेन्द्र यादब, ३२ का रियाज अहमद लगायतको सहभागिता रहेको थियो ।
















सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया