एमाले काठमाडौँ जिल्लाको अधिवेशन सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौँ जिल्लाको सातौँ अधिवेशन सुरु भएको छ । पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका हुन् ।
अधिवेशन उद्घाटन सत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, काठमाडौँ इञ्चार्ज आनन्द पोखरेल, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेललगायत नेताहरु सहभागी छन् ।
जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले अधिवेशनमा पाँच सय ८५ प्रतिनिधि रहेको र बन्दसत्र आइतबारदेखि बबरमहलमा हुने जानकारी दिए । बन्दसत्र सञ्चालनका लागि इञ्चार्ज पोखरेलको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
अधिवेशनले पदाधिकारीसहित दुई सय २५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखासमिति निर्वाचित गर्नेछ । हालसम्म एमालेका ६३ जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन् । एमालेको जेठभित्रमा जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य छ ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया