नेपालको कालोधन रेमिटेन्ससँग साटेर विदेश गइरहेको छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बैदेशिक रोजगारीमा गएका युवाहरुको हत्याको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् । रोजगारीका लागि नेपालबाट युवाहरु बिभिन्न देशमा पुगिरहेको र कतिपयको त्यहाँ हत्या हुने गरेको बताउँदै उनले त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।
आजपा निकटको आईटी आर्मीको आज काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपालमा युवाहरु स्वास्थ्य परिक्षण गरी रोजगारका लागि विदेश गईरहेको तर कतिपयको हत्या हुने गरेको बताए ।
‘हामी देखिरहेका छौं, दिनहुँ विदेशबाट युवाहरुको लाश बाकसमा आईरहेको छ । नेपालबाट जानु अघि ति युवाहरुले स्वास्थ्य परिक्षण गरी कुनै रोग नलागेको प्रमाणित भएपछि मात्रै विदेश जान्छ । निरोगिताको प्रमाणित भएपछि विदेश पुगेका युवाहरुको लाश किन आईरहेको छ त्यसको जवाफ यो सरकारले दिनुपर्छ । त्यसको जिम्मेवारी यो सरकारले लिनुपर्छ’ साहले भने, ‘एउटा निरोगी युवाको विदेशमा मृत्यु किन भयो ? त्यसको मृत्यु होईन हत्या भएको हो ।’
योग्यता, क्षमता अनुसारको रोजागर र पारिश्रमिक सरकारले उपलब्ध गराउन नसक्दा बाध्य भएर युवाहरु रोजगारको खोजी गर्दै खाडीमुलुक पुगिरहेको साहले बताए । तर यहाँका केही चोर नेताहरुका कारण वैदेशिक रोजगारीमै ठगी भईरहेको छ । नेताहरुकै संलग्नतामा वैदेशिक रोजगारीमा ठगी धन्दा चलिरहेको बताउँदै उनले त्यसको पर्दाफास आईटी आर्मीले गर्नुपर्ने दिर्नेशन दिए ।
‘वैदेशिक रोजगारीको ठगी धन्दामा केही चोर नेताहरुको संलग्नता छ । देश र जनताका लागि राजनीतिक गरिरहेको नाटक गरिरहेका र राज्यसत्ताको दुरुपयोग गर्दै ति चोर नेताहरु मोटाउने र सोझासाझा, निमुखा, गरिब मजदुर र युवाहरु मर्ने दिनको अन्त्य हुनुपर्छ । आईटी आर्मीले त्यस्ता चोर, फटाहा, राज्यसत्ताको दुरुपयोग गर्नेलाई जहाँको त्यही जनकारवाही गर्नुपर्छ’ अध्यक्ष साहले भने ।
नेपालमा भ्रष्टाचार, अनियमितता र लुटेर राखिएको कालोधनलाई रेमिटेन्ससंग साटेर विदेश लाने काम भईरहेको बताउँदै उनले यसबाट राज्यलाई अर्बौ रकमको नोक्सानी भईरहेको छ । तर पनि सरकार यस्तो कालोधनलाई रेमिटेन्ससंग साटेर विदेश पठाउने हुन्डीकारोवारीलाई कारवाही गर्न सकिरहेको छैन् । हुन्डीकारोबारबाट नेपालमा रहेको कालोधनलाई रेमिटेन्ससंग साटेर विदेश गईरहेको आजपा अध्यक्ष साहले बताएका छन् ।
‘नेपालमा भ्रष्टाचार गरी, अनियमितता गरेर, लुटेर राखिएको कालोधन रेमिटेन्ससंग साटेर विदेश गईरहेको छ । हुन्डीकारोवारी मार्फत यस्तो काम भईरहेको सूचना सरकारमा बसेकाहरुसंग पनि छ । तर ति हुन्डी कारोबारीलाई किन कारवाही हुन सक्दैन्, म सरकारसंग सोध्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने, ‘रेमिटेन्स रकमलाई भ्रष्ट नेताहरुले आफ्नो कालोधन साट्ने अस्त्र बनाएका छन् । त्यही भएर यहाँ हुन्डीकारोबार फटाएको छ, भ्रष्टहरु मोटाउदै छन् । त्यस्ता देशद्रोहीलाई अब आईटी आर्मीले ठाउँका ठाउँ जनकारवाही गर्नतर्फ लाग्नुपर्छ ।’
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको अध्यक्षतामा बसेको बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापामगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतको सहभागिता रहेको आईटी आर्मीकी उपाध्यक्ष सुमन यादवले जनाएकी छन् ।
आईटी आर्मीले बिभिन्न माग गर्दै आउँदो २ असारदेखी काठमाडौं स्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिदैछ । त्यसैको तयारी स्वरुपमा आईटी आर्मीको बैठक काठमाडौंमा बोलाइएको हो ।
आईटी आर्मीले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाई गर्नुपर्ने, बेरोजगार युवाहरुलाई स्वदेश ÷ नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग गरेको छ ।
‘हामीले हाम्रो मागको बारेमा सरकारलाई ध्यानाकर्षण गराईसकेका छौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागको बारेमा ध्यानाकर्षणपत्र बझुाइसकेका छौं तर बिडम्बना यस्तो विषम समस्याको ठोस एवं दीर्घकालिक समाधान गर्नुकोसट्टा सरकार कानमा तेल हालेर कुम्भकर्ण निन्द्रामा सुतिरहेकाले हामी बाध्यभएर आन्दोलनमा उत्रिनु परेको छ’ आईटी आर्मीकी उपाध्यक्ष सुमन यादवले भनिन् ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया