प्रधानमन्त्री कप भलिबल : पुरुषतर्फ नेपाल स्पोर्ट्स र महिलातर्फ पुलिस क्लब विजयी

काठमाडौं । आठौं प्रधानमन्त्री कप भलिबल लिगको उपाधि टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल पुरुष तर्फको उपाधि जितेको हो । फाइनलमा टिप टप हेल्प नेपालले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको छ ।
खेलमा पहिलो सेट हेल्प नेपालले २२-२५ ले जितेकोमा दोस्रो सेट भने गण्डकीले २५-२० ले जित्यो । त्यसपछिको तेस्रो र चौथो सेट २०-२५ र २०-२५ ले जित्दै टिप टप हेल्प नेपालले उपाधि जितेको थियो।
त्यस्तै प्रतियोगिताको महिलातर्फ एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले उपाधि जित्यो । पुलिस क्लबले एभरेस्टलाई ३-२ को सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५-२१ ले र दोस्रो सेट पनि २५-२३ ले जितेको थियो।
तर, त्यसपछिको दुवै सेट एभरेस्टले २०-२५ र २०-२५ ले जितेपछि पाँचौ सेट रोमाञ्चक बनेको थियो । पाँचौं सेटमा पुलिसले १५-१२ ले विजयी हुदै उपाधि जितेको थियो ।
उपाधिसँगै विजेताले ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो हुने टिमले चार लाख प्राप्त गरेका छन् ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया