आइतबार, माघ ४, २०८२

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

मेरोन्यूज २०८१ जेठ २७ गते ११:३६

विराटनगर । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् ।

रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् ।

सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका हुन् । गाडीको विवरण खुलिनसकेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार विद्यार्थीले अन्य केही सरकारी गाडी पनि तोडफोड गरेका छन् ।

प्रतिक्रिया