कर्णालीकाे झोलुंगे पुलको लठ्ठा चुँडिदा अड्किए १४ खच्चड
मेरोन्यूज
२०८१ जेठ २७ गते १२:२९

काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् ।
आइतबार बिहान साढे नौ बजे दैनिक उपभोग्य सामग्री ढुवानीका लागि ल्याइएका खच्चड कर्णाली पुलको एकातर्फको फलामे लठ्ठा चुँडिंदा पुलमै फसेका हुन् ।
पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।
अहिले नजिकका इलाका प्रहरी कार्यालयबाट प्रहरीहरू घटनास्थलमा पुग्ने क्रम रहेको कोइरालाले बताए।
अहिले पनि खच्चड पुलमै फसेका छन् । केहीबेरमा प्रहरी पुगेपछि उद्धार सुरु हुने बताइएको छ ।
सम्बन्धित














नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
प्रतिक्रिया