महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४-संस्करण ३ सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सबको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
जेठ २२ गते मंगलबार देखि २४ गते बिहिबार (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क स्र्पोट्स इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंक, द्वितीय आइ.सि.एफ.सि. फाइनान्स, उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका विवेक डाली, उत्कृष्ट विकेट–किपर माछापुच्छे« बैंकका निशेस के.सी, उत्कृष्ट बलर एभरेष्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आइ.सि.एफ.सि.फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखी उनिहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए। नेपाली क्रिकेटको विकासको लागि सम्पुर्ण संस्थाले आफ्नो क्षेत्रबाट योगदान पु¥याउन समेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंक लिमिटेड तथा उक्त कार्यक्रमका अध्यक्ष श्री राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समुह निर्माण गर्न, समुहमा नेतृत्वदायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पु¥याउने हुदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्न जरुरी रहेको बताए ।












मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध
इरानमा सरकारविरोधी प्रदर्शन चर्किँदै, ज्यान गुमाउनेकाे संख्या ५ सय नाघ्याे
गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ?
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया