लर्डबुद्धसँग सहकार्य रहेको एसिया प्यासिफिक युनिभर्सिटी उत्कृष्ट घोषित

काठमाडौँ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीले बेलायतबाट क्वालिटी एस्योरेन्स एक्रिडेसन पाउन सफल भएको छ । एसिया प्यासिफिक युनिभर्सिटी बेलायतबाट शैक्षिक गुणस्तर मान्यता प्राप्त गर्ने मलेसियाको पहिलो विश्वविद्यालय बन्न सफल भएको हो । सो विश्वविद्यालय अन्तर्राष्ट्रिय क्यु एस स्तरमा १० स्थान माथि उक्लिँदै यो वर्ष विश्वका उत्कृष्ट ६ सय ११ देखि ६ सय २० मा पर्न समेत सफल भएको छ ।
एसिया प्यासिफिक विश्वविद्यालयले मलेसियामा यसअघि पाँचतारे प्लसको अङ्क प्राप्त गरिसकेको छ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो लर्डबुद्ध एजुकेशन फाउण्डेशनले मलेसियाको सो विश्वविद्यालयसँग शैक्षिक क्षेत्रमा लामो समय देखि सहकार्य गर्दै आइरहेको छ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनमा अध्ययनरत विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीमा समेत विद्यार्थी आदान प्रदान कार्यक्रम अन्तर्गत शैक्षिक सुविधा पाउने अध्यक्ष पंकज जालानले बताउनुभयो । एसिया प्यासिफिक युनिभर्सिटी विदेशी विद्यार्थी अध्ययन गर्ने आधारमा मलेसियाकै सबैभन्दा ठुलो र विश्वको १६ औँ नम्बरमा रहेको लर्डबुद्धद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि रोजगारी दर समेत शतप्रतिशत रहेको फाउण्डेशनले उल्लेख गरेको छ । स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउण्डेशनले शिक्षासँगै रोजगारी उपलब्ध गराउँदै आएको छ । फाउण्डेशनले पढ्दै कमाउँदै नीतिलाई अङ्गीकार गरेर रोजगार युक्त शिक्षा उपलब्ध गराएको छ ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया