सोलुखुम्बुको हुगा खोलाको बेलिब्रिज निर्माणमा लापरबाही

सोलुखुम्बु । सोलुुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुगा खोलामा ‘बेलिब्रिज’ निर्माणमा लापरबाही भएको पाइएको छ ।
महाकुलुङ गाउँपालिका–१ बुङदेखि वडा नम्बर ४ र ५ गुदेल जोड्ने पुलको अनुगमनका क्रममा लापरबाही भएको पाइएको सो गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङले जानकारी दिए ।
पुल प्रयोगमा नआउँदै संरचना बाङ्गिएको गुनासो आएपछि अनुगमन गरिएको र निर्माणकै क्रममा गम्भीर लापरबाही भएको पाइएको उनले बताए ।
“पुल निर्माणका क्रममा नै पुल बाङ्गो भएको रहेछ, जानकारी आएपछि स्थलगत निरीक्षण ग¥यौँ”, उनले भने । उनले पुल निर्माणमा मापदण्ड पालना नभएको बताए ।
गाउँपालिका अध्यक्ष कुलुङ, प्रमुख प्रशासकीय अधिकत नवीनकुमार गोलेका साथै इञ्जिनियर, सव–इञ्जिनियरसहित टोलीले पुलको भार परीक्षण गरेको थियो । कूल ३६ मिटर लम्बाई र चार दशमलव २५ मिटर चौडाइ रहेको पुलको भारवहन क्षमता ४० टनको छ ।
पुल रु दुई करोड ५८ लाखको लागतमा माछापुच्छ्रे कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको हो । पुलमा निर्माणमा अरुण बेली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रु १५ लाख उपलब्ध गराएको सो कम्पनीका प्रबन्धक हस्तमान कुलुङले जानकारी दिए ।
पुलमा समस्या देखिएपछि निर्माण कम्पनीलाई ध्यानाकर्षण गराइएको अध्यक्ष कुलुङले जानकारी दिए ।










एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया