ओमान टी-२० विश्वकपबाट बाहिरियो

काठमाडौँ । ओमान आइसीसी टी-२० विश्वकपको समुह चरणबाटै बाहिरिएको छ ।
गएराती सम्पन्न खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएसँगै ओमान विश्वकपको समुह चरणबाट बाहिरिने पहिलो देश बनेको हो ।
ओमानले दिएको १५१ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १३।१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि ओमानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो ।
योसँगै ओमानले यस विश्वकपमा लगातार तेस्रो हार बेहोरेको छ र विश्वकपबाट बाहिरिएको छ । अब समुह चरणको अन्तिम खेलमा ओमानले जुन १४ मा इङल्याण्डसँग खेल्ने छ ।
त्यस्तै समुह बी मा स्कटल्याण्डले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । स्कटल्याण्डले इङल्याण्डविरुद्धको पहिलो खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको थियो । अब तीन खेलपछि ५ अंक भएको छ भने समुह बी मा शिर्ष स्थानमा रहेको छ । अब स्कटल्याण्डले आफ्नो अन्तिम खेल जुन १६ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया