त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै दिउँसो १ बजेदेखि १:३० बजेसम्मका लागि विमानस्थल बन्द हुने जानकारी गराएको हो ।
कार्यालयका अनुसार अपरान्ह १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्दारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा विमानस्थल संकलकालीन योजनाअनुसार गरिने विभिन्न अभ्यासहरूमध्ये Alert ९.३१ (विमानस्थलमा विमान दुर्घटना) सम्बन्धी पूर्णकालीन अभ्यास हुनेछ ।
यो अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरूबीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको नागरिक उड्डययन कार्यालयले जनाएको छ ।
यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको पनि देख्न सकिने प्राधिकरणले जनाएको छ ।
‘अभ्यासको क्रममा स्थानीय समय १३:०० देखि १३:३० बजे सम्म यस विमानस्थलको अपरेशन बन्द हुने भएकोले नियमित उडान / अवतरण प्रभावित हुन सक्नेछन् ,’सूचनामा भनिएको छ,’यो विमानस्थल संकटकालिन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को मापदण्ड तथा यस विमानस्थलको Airport Emergency Plan अनुसार गरिने योजनाबद्ध अभ्यास भएको व्यहोरा सर्वसाधारण तथा खास गरी विमानस्थल वरिपरिका वासिन्दाहरुलाई सुसुचित गराउन चाहन्छौं ।’
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया