सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ
मेरोन्यूज
२०८१ जेठ २८ गते १५:०८

काठमाडौं । सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हाे ।
बैंकिङ कसुरमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसअघि २०८० फागुन १५ गते कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए ।
उनीहरुलाई चैत १ गते हाजिर जमानीमा छाेडिएकाे थियाे ।
सम्बन्धित











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया