रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु
मेरोन्यूज
२०८१ जेठ २८ गते १७:२१

काठमाडौं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ।
गत कात्तिकमा रुसी सेनामा गएका लमजुङका सन्देश थापाको मृत्यु भएको अभियन्ता कृतु भण्डारीले जानकारी दिइन् । उनको जेठ २२ गते मंगलबारको दिन मृत्यु भएको उनले जानकारी दिइन् ।
२१ वर्षीय थापाले केही दिन अगाडिदेखि नेपाल सरकारलाई नेपाल फर्काइदिन बारम्बार आग्रह गरेको पनि भण्डारीले बताइन् ।
भण्डारी भन्छिन्, ‘सन्देशले विना स्वीकृति रुस गएकोमा नेपाल सरकारले जे सजाय दिए पनि नेपालमा आएर भोग्छु तर रुसबाट फर्काइदिनु भनेका थिए ।’
समयमै उनलाई नेपाल सरकारले उद्धार गर्न नसक्दा उनको मृत्यु भएको छ । उनीसहित हालसम्म रुसी सेनामा ४४ नेपाली नागरिकको मृत्यु भइसकेको छ ।
सम्बन्धित

















भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल
आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया