कोभिड कप फुटबल २०२१ हुने

काठमाडौं । चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप– फुटबल २०२१’ को आयोजना हुने भएको हो ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमको बारेमा जानकारी गराइएको छ । खेलमा चलचित्र कलाकारहरु, हास्य कलाकार, लोक तथा आधुनिक गायक, वैंक तथा वित्तीय परिसंघ, सहकारी अभियान लायन्स क्लवका व्यक्तिहरु, राष्ट्रिय निजी तथा आवासीय विद्यालयलगायतको सहभागिता हुने बताइएको छ ।
७ वटा खेलमा १० वटा टोली रहने र कोभिड–१९ बाट बच्नको लागि सामाजिक दूरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए । खेलको सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ ।












मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया